सिलगढीमा वाहनले धक्का दिँदा नानीसहित दुईजना घाइते

सिलगढी: सिलगढीको बर्द्धवान रोडमा एउटा वाहनले धक्का दिँदा एकजना नानीसहित दुईजना घाइते भएका छन्। पुलिसले यस घटनामा वाहन चालक प्रणय बाजलालाई हिरासतमा लिएको छ। घटनाक्रम अनुसार आज अपरान्ह झंकार मोड़बाट तीव्र गतिमा एउटा वाहन जलपाईमोड़ तर्फबाट गइरहेको समय बर्द्धवान रोडमा सड़क पार गरिरहेको एकजना महिला र नानीलाई जोडले धक्का दिँदा दुवैजना गम्भीर रूपमा घाइते भएका छन्। घटना पछि तिनीहरूलाई स्थानीय मानिसहरूले उद्धार गरेर नजिकैको नर्सिङ होममा भर्ना गरेको छ। अर्कोतिर, उक्त घटनापछि उत्तेजित बनेका जनताले वाहन तोड़फोड़ गरे। घटनाको जानकारी पाउन साथ खालपाड़ा आउट पोस्ट पुलिस घटनास्थलमा पुगेर परिस्थितिलाई नियन्त्रित गर्नको साथै वाहन चालकलाई हिरासतमा लिएर थानामा लगेका छन्। यसैबीच, उक्त सडक दुर्घटना पछि केही समय सडकमा वाहनहरूको जाम लागेको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *