सिलगढी, 1 फरवरी (निसं): टोटो चालकलाई लुटपाट गरेको घटनामा एनजेपी पुलिसले दुई जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकहरूको पहिचान अमरदीप सोनी र मोहम्मद अली राजाको रूपमा गरिएको छ। दुवै युवक एनजेपी क्षेत्रका निवासी हुन्।
जानकारी अनुसार, जोटियाकालीका टोटो चालक सरीफुल हुसैन बिहीबार राति एनजेपीमा यात्रुहरूलाई छोडेर घर फर्किरहेका थिए। एनजेपी आउटपोस्ट पुलिस थानाबाट केही दूरीमा रहेको डीएस कोलोनी क्षेत्रमा पुगेपछि स्कुटीमा सवार दुई जना युवाहरूले सरीफुललाई रोकेर तिनलाई कुटपिट गरे। यसपछि एनजेपी नेताजी मोडमा लगेर दुई हजार रुपियाँ र मोबाइल फोन लुटेर चम्पट कसेका थिए।
त्यसपछि, टोटो चालक सरीफुलले शुक्रबार एनजेपी पुलिस थानामा लिखित अभियोग दर्ता गरेका थिए। यसपछि पुलिसले अभियोगको आधारमा जाँच गर्दै शुक्रबार राति रेलवे अस्पताल मोडबाट ती छिनताई गर्ने युवकहरूलाई पक्राउ गरेको छ। तिनीहरूबाट रूपियाँ पनि उद्धार गरेको छ, तथापि चोरी भएको मोबाइल फोन फिर्ता पाएको छैन। पुलिस सूत्र अनुसार, यी दुई आरोपीहरू दागी अपराधी हुन्। पक्रा परेका युवाहरूलाई आज शनिबार जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले यस घटनाको जाँच गरिरहेको छ।
सिलगढीमा टोटो चालकलाई कुटपिट गरेर लुटपाट गर्ने 2 जना युवक पक्राउ

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
