सिलगढीको 42 नम्बर वार्डमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

सिलगढी : सिलगढी नगरनिगमको 42 नम्बर वार्डको भूपेन्द्र नगर पालपाड़ा इलाकाको एउटा घरमा युवकको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक युवक बिहारको मुजफ्फरपुर जिल्ला निवासी मनोज कुमार दास (30)-को रूपमा चिन्हित गरिएको छ। मनोज कुमार धेरै वर्ष अघिदेखि सिलगढी सहरमा बस्दै आइरहेका थिए भने तिनी एउटा दुध फ्याक्ट्रीमा काम गर्दथे। मृतक मनोजले आफूपछि स्वास्नी, 9 र 5 वर्षीय नानी छाडिगएका छन्। घटनाको खबर पाएर भक्ति नगर थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *