सिलगढीको 33 नम्बर वार्डमा आजदेखि वार्ड उत्सव शुरू

सिलगढी : सिलगढीको 33 नम्बर वार्डमा रङ्गारङ्ग शोभायात्राको साथमा वार्ड उत्सव उन्मिलन आजदेखि शुरू भयो। सिलगढी नगरनिगमका मेयर तथा 33 नम्बर वार्डका काउन्सिलर गौतम देवले आज झण्डा उत्तोलन गर्नको साथै परेवा उडाएर वार्ड उत्सवको शुरूआत गरे। उक्त वार्ड उत्सव आगामी 15 जनवरीसम्म चल्नेछ भने यस अवधि विविध सांस्कृतिक कार्यक्रम तथा प्रतियोगिताहरूको आयोजना गरिनेछ। उक्त शोभायात्रामा मेयर गौतम देव, नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, 3 नम्बर बोरो चेयरम्यान मिली सिन्हा लगायत अन्य वार्डका काउन्सिलर तथा विभिन्न विभागका मेयर परिषदहरू उपस्थित थिए। उक्त शोभायात्रा 33 नम्बर वार्डको विनर्स क्लब मैदानबाट शुरू गरेर वार्डको विभिन्न इलाकाको परिक्रमा गरेपछि पुनः क्लब मैदानमा पुगेर समापन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *