सिलगढी-दार्जिलिङ टोय ट्रेन परिसेवा आजदेखि बन्द

सिलगढी : सिलगढी-दार्जिलिङ टोय ट्रेन परिसेवा आजदेखि बन्द भएको छ। खरसाङदेखि घुम माझको टोय ट्रेन लाइनको मरमतिको लागि एनजेपी स्टेसनबाट दार्जिलिङ स्टेसनसम्म टोय ट्रेन परिसेवा बन्द राखेको हो। आज शुक्रबारदेखि आइतबारसम्म टोय ट्रेन परिसेवा बन्द रहने भएको छ भने दार्जिलिङ-घुम जय राइड परिसेवा स्वाभाविक रहने रेल सूत्रमार्फत् थाहा लागेको छ। आज बिहानैदेखि रेल लाइन मरमतिको कार्य शुरू भएको छ। पुजा आउन अब केही महिना बाँकी रहेको छ। आगामी अक्टोबर महिनाको पहिलो हप्तादेखिको एनजेपी-दार्जिलिङ टोय ट्रेनको सबै टिकट अगावै बुक भइसकेकोले यात्रीहरूको सुरक्षालाई ध्यानमा राखेर रेल लाइन मरमतिको कार्य शुरू गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *