सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गमा चालक तथा यात्रीहरू जामको समस्यामा

राजगञ्ज : सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गमा ट्राफिक जामको करण प्रतिदिन सडकमा आवत-जावत गर्ने मानिसहरू लगायत वाहन चालकहरूले समस्याको सामना गर्न परिरहेको छ। उक्त राजमार्गमा दिनहुँ जामको समस्याको कारण वाहनहरूले घण्टौँसम्म पर्खिनु परेकोले गर्दा सिलगढी-जलपाईगढी राजमार्गमा प्रतिदिन मानिसहरूमा क्षोभ देखा परिररेको छ। उल्लेखनीय छ, सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गलाई फोर लेन राजमार्ग बनाउनको लागि निर्माण कार्य चलिरहेको छ। सड़कहरूबीच केही ठाउँहरूको अवस्था दयनीय रहेको कारण उक्त राजमार्गमा दिनहुँ ट्राफिक जामको समस्या देखा पर्दछ। कोरोना महामारीको कारण सड़कमा केही सरकारी बसहरू यातायात गरे तापनि उक्त बसहरू अन्य सड़क भएर यातायात गरिरहेकोले गर्दा यात्रीहरूलाई निक्कै समस्या भइरहेको बताइएको छ। अर्कोतिर, टाढा-टाढाबाट आएको मालवाही ट्रकहरू पनि जामको समस्याको कारण उक्त राजमार्गमा फँसिरहेको छ। चालकहरूको भनाइअनुसार ट्राफिक जामको कारण 1 अथवा 2 दिनसम्म उक्त राजमार्गमा फँस्ने गरेको गर्दछ। यस्तो परिस्थितिमा पिउने पानी र खाद्य सामग्रीहरूको कमी हुने गरेकोले निक्कै समस्या भोग्न परिरहेको चालकहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *