सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गमा दुर्घटना, 3 जना घाइते

फुलबारी : सडक दुर्घटनामा परेर 3 जना युवक घाइते भएका छन्। उक्त घटना सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको फुलबारी संलग्न जियागञ्ज इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार जियागञ्ज इलाकामा नेशनल हाईवेमा 3 जना युवक बाइकमा सवार भएर गइरहेको समय जलपाईगढी दिशाबाट आइरहेको एउटा मालवाहक वाहनले बाइकलाई धक्का दिँदा बाइकमा सवार 3 जना युवकमा सडकमा लडेर घाइते भएको बताइएको छ। तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। घटनापछि 3 जना युवकलाई उद्धार गरेर फुलबारीको एउटा निजी अस्पतालमा पठाएको छ। घटनाको खबर पाएर फुलबारी हाईवे ट्राफिक आउटपोस्ट पुलिस, एनजेपी पुलिस र दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेको थियो। पुलिसले दुर्घटनाग्रस्त बाइकलाई उद्धार गरेर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *