सिलगढी 10 नम्बर वार्डमा रहेको अक्सिजन सिलेन्डरको गोदाममा आगलागी

सिलगढी : सिलगढीको 10 नम्बर वार्ड अन्तर्गत पर्ने महाकाल पल्लीमा रहेको एउटा अक्सिजन कार्यालयको गोदाममा आगो लागेको घटना प्रकाशमा आएको छ। आज बिहान लगभग 6 बजी स्थानीय मानिसहरूले उक्त अक्सिजन कार्यालयबाट धुवाँ निस्केको देखेपछि घटनाबारे गोदामका मालिकलाई जानकारी गराए। घटनाको खबर पाएर गोदामका मालिक घटनास्थलमा पुगेर अग्निशमन विभागलाई खबर दिएपछि दमकलको 4 वटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्यायो। अक्सिजनको खाली सिलेन्डर राखेको ठाउँमा उक्त आगलागी भएको थाहा लागेको छ। सर्ट सर्किटको कारण उक्त आगलागी भएको हुनसक्ने गोदामका मालिकले अनुमान लगाएका छन्। अर्कोतिर, घटनाको खबर पाएर तृणमूल कङ्ग्रेसका उम्मेद्वार कमल अग्रवाल, भाजपा उम्मेद्वार प्रसनजीत पाल लगायत विभिन्न पार्टीका प्रार्थीहरू घटनास्थलमा पुगेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *