सिलगढी 11 नम्बरको वार्ड उत्सव शुरू

सिलगढी : सिलगढी नगरनिगमको वार्ड नम्बर 11-को वार्ड उत्सव गीताञ्जलि आजदेखि शुरू भयो। यस अवसरमा विभिन्न झाँकीहरूको साथमा एउटा रङ्गारङ्ग शोभायात्राको पनि निकालिइयो। उक्त शोभायात्रा सिलगढीको मित्र सम्मेलनी हलबाट शुरू भएर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो।


उक्त वार्ड उत्सवमा ससाना नानीहरूदेखि लिएर वृद्धहरूको लागि पनि विभिन्न कार्यक्रम जस्तै नृत्य, सङ्गीत, ब्याटमिन्टनलगायत विभिन्न खेलहरूको आयोजना गरेको वार्ड काउन्सिलर मञ्जुश्री पालले बताइन्। आजको शोभायात्रामा वार्ड काउन्सिलर मञ्जुश्री पाल, नान्टु पाल, समाजसेवी बाबलु तालुकदारलगायत वार्डका मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *