सिलगढी 11 नम्बर वार्डमा तृणमूलको चुनावी कार्यालय उद्घाटन

सिलगढी : सिलगढी नगरनिगमको 11 नम्बर वार्डमा आज तृणमूल कङ्ग्रेसको चुनावी कार्यालयको उद्घाटन गरियो। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका अध्यक्ष रञ्जन सरकारले नान्टु पालको नाम उच्चारण नगरी तिनलाई गद्दारको संज्ञा दिए। सिलगढी मार्केटका केही व्यवसायीहरूलाई डर देखाइ रहेको छ जुन कुनै पनि हालतमा सहन नगरिने तिनले बताए। सिलगढी सहरको विकासमा बारम्बार बाधा सृष्टि गर्ने प्रयास गरिरहेको तिनले आरोप लगाए। तिनले भाजपामाथि कटाक्ष कस्दै भने, भाजपाले जस-जसलाई आफ्नो पार्टीमा सामेल गरिरहेको छ तिनीहरूले सिलगढी सहरको विकासको लागि कुनै कार्य गर्नेछैन, किनभने ती सबैजना भ्रष्ट छन्। सिलगढी नगरनिगमको 11 र 12 नम्बर वार्डको चुनावी कार्यालयको भार तिनले सम्हाने भएका छन्। चुनावी कार्यालयको उद्घाटनपछि तिनले मार्केटमा चुनाउ प्रचार गर्दै सबै व्यवसासीहरूलाई तृणमूल कङ्ग्रेसको पक्षमा मतदान गर्ने अनुरोध गरे। यस अवसरमा सिलगढी विधानसभा आसनका तृणमूल उम्मेद्वार ओमप्रकाश मिश्रा, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका अध्यक्ष रञ्जन सरकार लगायत अन्य नेताहरू उपस्थित थिए। स्मरण रहोस्, 11 र 12 नम्बर वार्डका पूर्व को-अर्डिनेटर नान्टु पाल र तिनकी स्वास्नी मञ्जुश्री पाल हालै भाजपामा सामेल भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *