सिलगढी 17 नम्बर वार्डमा वार्ड उत्सव ‘उन्मेश 2023’ आरम्भ

सिलगढी (निसं): सिलगगढी नगर निगमको 17 नम्बर वार्ड कमिटीको तत्वावधानमा आजदेखि वार्ड उत्सव उन्मेश 2023सुरू भएको छ। सिलगढी नगर निगमका मेयर गौतम देवले झण्डा फर्फराउनको साथै बेलुनहरू उडाएर उक्त वार्ड उत्सवको शुभारम्भ गरे। आज बिहान ढाक, ढोलसितै रंगारंग शोभायात्राको माध्यमद्वारा वार्ड उत्सवको शुरुवात गरियो। उक्त शोभायात्रा सिलगढी कलेज मैदानबाट सुरू गरेर विभिन्न इलाकाको परिक्रममा गऱ्यो। उक्त शोभायात्रामा वार्ड पार्षद मिल्ली सिन्हा लगायत नगर निगमका मेयर पार्षद उपस्थित थिए। यसको साथै विभिन्न स्कूलका नानीहरू पनि शोभायात्रामा सामेल थिए।   


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *