सिलगढीबाट 25 लाखको विदेशी सिगरेट जफत

सिलगढी : गोप्य सूचनाको आधारमा एनफोर्समेन्ट ब्रान्चका कर्मीहरूले अभियान चलाएर धेरै मात्रामा विदेशी सिगरेट उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार मंगलबार अपरान्ह सिलगढीको नयाँ बजार संलग्न मसजिद गल्लीमा अभियान चलाएर दुईवटा भिन्नभिन्नै गोदामबाट धेरै मात्रामा विदेशी सिगरेट जफत गरे तापनि गोदामको मालिकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। जफत गरेको उक्त विदेशी सिगरेटको अनुमानित बजार मूल्य लगभग 25 लाख रुपियाँ रहेको छ। एनफोर्समेन्ट ब्रान्चले आरोपी दुई गोदाम मालिकको खोजी शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *