सिलगढी 32 नम्बर वार्डमा लगाइयो कोरोनाको बुस्टर डोज

सिलगढी: गत 15 जुलाईदेखि 18 वर्षभन्दा अधिक उमेर पुगेका मानिसहरूका निम्ति कोरोना भ्याक्सिनको बुस्टर डोज प्रक्रिया शुरू भएको छ। सिलगढी नगर निगमको सहयोगमा आज 32 नम्बर वार्डमा 18 वर्षभन्दा अधिक उमेर पुगेका मानिसहरूलाई कोरोनाको बुस्टर डोज खोप लगाइयो। उक्त कार्यक्रम वार्ड पार्षद तपस च्याटर्जीको विशेष पहलमा गरिएको थियो। यस अवसरमा तापस च्याटर्जीले दिएको जानकारी अनुसार सिलगढी निगमको सहयोगमा आज 500 जना मानिसहरूलाई कोरोनाको बुस्टर डोज खोप लगाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *