सिलगढी 39 नम्बर वार्डमा तृणमूल-द्वारा रक्तदान शिविर

सिलगढी : विभिन्न राजनीतिक पार्टी छोडेर मोठ 100 जना तृणमूल कांग्रेसमा सामेल भएका छन्। सिलगढी नगरनिगमको 39 नम्बर वार्डमा सम्पन्न उक्त कार्यक्रममा राज्यका पर्यटन मन्त्री गौतम देवले तिनीहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। अर्कोतिर, रगतको कमीलाई ध्यानमा राखेर तृणमूल कांग्रेसको वार्ड कमिटीद्वारा आज रक्तदान शिविरको पनि आयोजना गरियो। कोरोना महामारीले गर्दा रगतको कमी भइरहेकोले संगठनका सदस्यहरूले सिलगढीको हैदरपाडा प्राइमेरी स्कुलमा रक्तदान शिविरको आयोजना गरेको बताइएको छ। उक्त शिविरमा पर्यटन मन्त्री गौतम देव, दुलाल दत्त लगायत वार्ड कमिटीका अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *