सिलगढी 40 नम्बर वार्डको प्रार्थी परिवर्तन गरिनुपर्ने मागमा जिल्ला सभानेत्रीको घरमा विक्षोभ प्रदर्शन

सिलगढी : सिलगढी नगरनिगमको 40 नम्बर वार्डको प्रार्थी परिवर्तन गर्नुपर्ने माग गर्दै तृणमूल कार्यकर्ताहरूले आज तृणमूल कङ्ग्रेस दार्जिलिङ जिल्ला सभानेत्री पापिया घोषको घर अघि विक्षोभ प्रदर्शन गरे। सिलगढी नगरनिगमको 40 नम्बर वार्डका पूर्व काउन्सिलर सत्यजीत अधिकारीलाई तृणमूल प्रार्थीको रूपमा खडा नगरेकोमा वार्डवासीहरूले क्षोभ प्रकट गर्दै आज बाघडुग्रामा जिल्ला सभानेत्री पापिया घोषको घर अघि विक्षोभ प्रदर्शन गरे। विक्षोभकारीहरूको भनाइअनुसार तृणमूल प्रार्थी राजेश प्रसाद शाह बाहिरका मानिस हुन्। उक्त वार्डका प्रार्थीको रूपमा सत्यजीत अधिकारीलाई चुनाउमा खडा गर्नुपर्ने आफूहरूको माग रहेको छ। यदि प्रार्थी परिवर्तन नगरेको खण्डमा भोट वहिष्कार गर्ने विक्षोभकारीहरूले चेताउनी दिएका छन्। यस सम्बन्धमा जिल्ला सभानेत्री पापिया घोषले भनिन्, तृणमूल नेत्री ममता ब्यानर्जीले स्वयम् प्रार्थी चयन गरेकोले गर्दा तिनलाई नै प्रार्थी मानेर सबैले मतदान गर्नुपर्ने तिनले अपील गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *