सिलगढी 46 नम्बर वार्डमा तृणमूल प्रार्थी दिलीप बर्मनले गरे चुनाउ प्रचार

सिलगढी : आउँदो 12 फरवरीको दिन हुने सिलगढी नगरपालिका चुनाउलाई ध्यानमा राखेर सबै पार्टीका उम्मेद्वारहरूले यस अन्तिम क्षणमा मतदाताहरूलाई आफुतर्फ आकर्षित गरेर चुनाउ जित्नको लागि चुनाउ प्रचार घर-घरमा पुगेर जोडतोडले गरिरहेका छन्। यसैक्रममा आज 46 नम्बर वार्डमा तृणमूल कङ्ग्रेस उम्मेदवार दिलीप बर्मनको समर्थनमा एउटा रेलीको आयोजना गरियो। उक्त रेलीको माध्यम उम्मेदवार दिलीप बर्मनले सम्पूर्ण 46 नम्बर वार्डमा घुमेर चुनाउ प्रचार गर्नको साथै वार्डको विकास कार्यको लागि आफुलाई मतदान गर्ने सबैसित तिनले अपिल गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *