सिलगढी आइपुगे सहरी विकास मन्त्री फिरहाद हकीम

सिलगढी : बंगालका सहरी विकास मन्त्री फिरहाद हकीम आज सिलगढी आइपुगे। तृणमूल कांग्रेसको तर्फबाट आयोजित एउटा र्‍यालीमा तिनले अंश ग्रहण गर्ने भएका छन्। यसको साथै तिनी गाँधीजीको सालिग उद्घाटन कार्यक्रममा पनि सामेल हुनेछन्। तिनले आज मतिगढाको एउटा होटलमा पत्रकारहरूसित कुराकानी गरे। तृणमूल नेता मिहिर गोस्वामी पार्टी छोड़ेर भाजपामा सामेल भएका छन् भने परिवहन मन्त्री शुभेन्दु अधिकारीले आफ्नो मन्त्री पदबाट राजीनामा दिएपछि राजनैतिक माहौल गर्मिएको छ। यस सम्बन्धमा फिरहाद हकीमले शुभेन्दु अधिकारीले हालसम्म कुनै पार्टी छोड्ने निर्णय नलिएको बताउँदै एक-दुईजनाले पार्टी बद्लिँदा तृणमूल कांग्रेस पार्टीलाई कुनै प्रभाव नपर्ने दावी गरे। तृणमूल पार्टी जनताको पार्टी हो, ममता ब्यानर्जीको पार्टी हो, तृणमूल पार्टी धेरै आन्दोलनपछि सत्तामा आएको हो भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *