सिलगढी अदालत परिसरमा तृणमूल लीगल सेलद्वारा विरोध प्रदर्शन

सिलगढी : कोलकातामा वकील कल्याण बन्दोपाध्यायमाथि हमला गरेको प्रतिवाद जनाउँदै आज तृणमूल लीगल सेलले सिलगढी अदालत परिसरमा विरोध प्रदर्शन गर्यो। स्मरण रहोस्, केन्द्रीय जाँच ब्युरो (सीबीआई) -ले नारदा घोटाला मामिलामा संलग्न रहेको आरोपमा आज बिहान कोलकातामा मन्त्री फिरहाद हकीम, सुब्रत मुखर्जी, मदन मित्र र शोभन च्याटर्जीलाई पक्राउ गरेको छ। वकील कल्याण बन्दोपाध्यायले बताएअनुसार आज तिनी कानुनी सेवा दिन गएको समय केन्द्रीय वाहिनीले तिनीमाथि हमला गर्यो। आज सिलगढीमा तृणमूल लीगल सेलका वकीलहरूले मुखमा कालो लुगा बाँधेर उक्त घटनाको प्रतिवाद जनाउँदै सिलगढी अदालत परिसरमा विरोध प्रदर्शन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *