सिलगढी अग्निकाण्ड स्थलमा पुगे राजनैतिक दलका नेता तथा प्रार्थीहरू

सिलगढी : सिलगढीको वर्द्धमान रोडमा आज बिहान भएको आगलागीको खबर सुन्न साथै राजनैतिक दलका नेताहरू सहित विधानसभा चुनाउका प्रार्थीहरू चुनाउ प्रचार छोडेर घटनास्थलमा आइपुगेका थिए। यस अवधि कसैले आरोप-प्रत्यारोप लगाए भने केही नेताहरूले अग्नि पीडित व्यवसायीहरूको साथमा आफूहरू रहने आश्वासन दिए। घटनाक्रमअनुसार आज बिहान वर्द्धमान रोडस्थित 7 वटा दोकानसहित 2 वटा गोदाम आगोको चपेटमा परेर नष्ट भएको छ। आगलागीको खबर फैलिनसाथ डाबग्राम-फुलबारी विधानसभा आसनका तृणमूल प्रार्थी गौतम देव, जिल्ला तृणमूल सभापति रञ्जन सरकार, भाजपा जिल्ला सभापति प्रवीण अग्रवाल, भाजपा नेता शङ्कर घोष, खुशबु मित्तल घटनास्थलमा पुगेका थिए। यसपछि वाम-कङ्ग्रेस गठबन्धनका विधानसभा प्रार्थी अशोक भट्टाचार्य पनि अग्निकाण्ड स्थलमा पुगेर त्यहाँका व्यवसायीहरूसित कुराकानी गर्नको साथै आगलागीको घटनाबारे जानकारी लिए। परिस्थिति स्वाभाविक भएपछि फेरि सबै राजनीतिक दलका नेता तथा प्रार्थीहरू आ-आफ्नो चुनाउ प्रचारको लागि गन्तव्यमा गए। विधानसभा चुनाउ मुखैमा रहेकोले गर्दा नै हाल राजनैतिक सबै दलका नेता तथा प्रार्थीहरू साधारण मानिसहरूलाई आफूतर्फ ध्यान आकर्षित गराउनको लागि नै मानिसहरूको घर-घरमा गएर प्रत्येक दुखमा सान्तवना दिइरहेको प्रतीत हुँदछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *