सिलगढी एन्ड स्माइल सोेशल वेलफेयर सोसाइटी-को तर्फबाट शिशु शिक्षा अभियान

सिलगढी : सिलगढी एन्ड स्माइल सोेशल वेलफेयर सोसाइटीको तर्फबाट शिशु शिक्षा अभियान शुरू गरिएको छ। उक्त शिशु शिक्षा अभियानमा भारतका उपराष्ट्रपतिद्वारा सम्मानित भएकी मुनमुन सरकार उपस्थित थिइन्। सोसाइटीको तर्फबाट तिनलाई फुलको गुच्छा एवम् स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। यस अवसरमा तिनले सिलगढी एन्ड स्माइल सोेशल वेलफेयर सोसाइटीको तर्फबाट समाजका पछौटे वर्गका नानीहरूको लागि गरेको उक्त पहलको सरहाना गर्दै आफूले पनि सहयोग पुर्‍याउने आश्वासन दिएकी छन्। संस्थाका सचिव नव कुमार बसाकले यी नानीहरू देशको भविष्य रहेकोले तिनीहरूलाई सटीक मार्गदर्शन गराउनु आफ्नो कर्तव्य रहेको बताए। उक्त नानीहरूलाई सहयोग पुर्‍याउने चाहने मानिसहरूले 79088-46581 नम्बरमा सम्पर्क गर्ने तिनले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *