सिलगढीको आशिघरस्थित एउटा गोदाममा आगलागी, लाखौ रूपियाँको नोक्सान

सिलगढी: सिलगढी संलग्न आशिघर नरेश मोड इलाकाको एउटा गोदाममा आगो लागेपछि मानिसहरूमा भागदौड मच्चियो। स्थानीय मानिसहरूले बताए अनुसार उक्त आगलागीको घटना आज बिहान 5 बजेको हो। सबैभन्दा पहिला यहाँ तैनाथ सुरक्षा गार्डले आज बिहान गोदाममा आगो लागेको देखेपछि यसबारे तिनले नै आशिघर पुलिस अनि दमकल विभागलाई जानकारी दिए। खबर पाएर दमकलको तीनवटा ईञ्जन घटनास्थलमा आइपुगेर लगातार गरेको कठोर प्रयास पछि अन्तमा आगोलाई नियन्त्रणमा ल्याइयो। उक्त आगलागीको घटनामा धेरै नोक्सान भएको बताइएको छ। प्राथमिक अनुमान अनुसार शट् सर्किटको कारणले उक्त आगलागी भएको अनुमान लगाइएको छ। तथापि पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *