सिलगढी अशोक नगर इलाकाको एउटा घरमा आगलागी

सिलगढी : सिलगढीको 32 नम्बर वार्ड अन्तर्गत अशोक नगर इलाकामा भयावह आगलागी हुँदा एउटा घर जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान विप्लव दास नाम गरेका एकजना व्यक्तिको घरमा आगो लाग्यो। उक्त घरमा दाउराको चुल्हामा खाना बनाइरहेको समय अचानक आगो लाग्दा क्षणभरमै अन्य घरहरू पनि आगोको चपेटमा परेको बताइएको छ। आगलागी बारे तत्कालै दमकल विभागलाई खबर दिएपछि दमकलको 2 वटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। घटनाको खबर पाएर डाबग्राम-फुलबारीका विधायक शिखा च्याटर्जी, 32  नम्बर वार्डका पार्षद तापस च्याटर्जी, बोरो चेयरम्यान जयन्त साहा उक्त इलाकामा पुगेका थिए। पछि मेयर गौतम देवले पनि अग्निपीडित परिवारहरूसित भेट गरेर तिनीहरूको साथमा रहने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *