सिलगढ़ी अस्पतालमा फायर सेफ्टी सिस्टमको निरीक्षण

सिलगढी : सिलगढी जिल्ला अस्पतालमा अत्याधुनिक फायर सेफ्टी सिस्टमलगायत अन्डर ग्राउण्ड वार्टर रिजार्भरको निर्माण कार्य पुरा भएपछि सोमबार सम्बन्धित विभागीय अधिकारहरूले अस्तपाल कर्तृपक्षको उपस्थितिमा उक्त निर्माण कार्यको निरीक्षण गरे। यसको साथै आगो लागेपछि यसलाई कसरी निभ्याउन सकिन्छ भन्ने बारेमा पनि कर्मचारीहरूलाई जानकारी गराइयो। यस अवसरमा अस्पतालका सुपर अमिताभ मण्डल पनि उपस्थित थिए। तिनले अत्याधुनिक फायर सेफ्टी सिस्टमलगायत अन्डर ग्राउण्ड वार्टर रिजार्भरको निर्माण कार्य समाप्त भएपछि यसको जाँच गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *