सिलगढी एथलेटिक्स वेलफेयर अर्गनाइजेसनको तर्फबाट एथलेटिक मिटको आयोजना

सिलगढी : सिलगढी एथलेटिक्स वेलफेयर अर्गनाइजेसनको रजत जयन्ती वर्षको उपलक्ष्यमा आज उत्तरबंग तथा सिलगढीमा पहिलोपल्ट दिवारात्रि एथलेटिक मिटको आयोजना गरियो। सिलगढीका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, सिलगढीका पुलिस कमिश्नर अखिलेश चतुर्वेदी लगायत अन्यले सिलगढीको कञ्चनजङ्घा स्टेडियममा झण्डा उत्तोलन गरेर, बेलुन उडाएर तथा मसाल जलाएर एथलेटिक मिटको उद्घाटन गरे।


एथलेटिक मिटमा उत्तर बंगालको विभिन्न जिल्लाबाट मोठ 635 जना एथलेटिक खेलाडीले अंश ग्रहण गर्नेछन् भने मोठ 52 वटा इभेन्टको हुनेछ। जसमा महिला र पुरुष विभाग सामेल छ। यसबाहेक राष्ट्रिय स्तरका खेलाडीहरूले पनि अंश ग्रहण गर्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *