सिलगढी बाल्मिकी विद्यापीठ हाई स्कुलमा वार्षिक खेलकूद प्रतियोगिताको आयोजना

सिलगढी : सिलगढी बाल्मिकी विद्यापीठ हाई स्कुलमा आजदेखि वार्षिक खेलकूद प्रतियोगिता शुरू भएको छ। आज छात्राहरूले विशेष ड्रिलको आयोजना गर्यो। यसको साथै स्कुलको तर्फबाट 2 जना प्रतिभाशाली राष्ट्रिय खिलाडी सीमा दास र कनिका वैद्यलाई सम्मान जनाइयो। स्कुलका प्रधानाध्यापक अनुप दासले मशाल जलाएर वार्षिक खेल प्रतियोगिताको शुरुआत गरे। विभिन्न विभागको खेलकूद प्रतियोगितामा लगभग 200 जना विद्यार्थीहरूले अंश ग्रहण गरेका छन्।  कार्यक्रममा उपस्थित अतिथिहरूको बाहुलीबाट विजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गरियो। यस अवसरमा स्कुलका पूर्व शिक्षक गोलाप राय, सिलगढी नगरनिगमको 34 नम्बर वार्ड पार्षद तथा पूर्व छात्र बिमान तपादार लगायत स्कुलका अन्य शिक्षक-शिक्षिकाहरू उपस्थित थिए


Leave a Reply

Your email address will not be published. Required fields are marked *