सिलगढी बालुरघाट इन्टरसिटी एक्सप्रेस अब नक्सलबारी रेल्वे स्टेशनमा रोकिने

नक्सलबारी: नर्थ ईस्ट फ्रन्टियर रेलवे कटिहार डिभिजनको तर्फबाट नक्सलबारी रेल्वे स्टेशनमा हिजो साँझ आयोजित एउटा कार्यक्रममा दार्जिलिङका सांसद राजु बिष्ट प्रमुख अतिथिका रूपमा उपस्थित थिए। यस अवसरमा बहुप्रतीक्षित सिलगढी बालुरघाट इन्टरसिटी एक्सप्रेसलाई हिजो मंगलवारदेखि नक्सलबारीमा केही समयको लागि रोक्ने स्वीकृति पाएपछि नक्सलबारी रेल्वे स्टेशनबाट सांसद राजु बिष्टले हरियो झन्डा देखाएर रेललाई प्रस्थान गराए। कार्यक्रममा दार्जीलिङका भाजपा विधायक निरज जिम्बा, कटिहार एडीआरएम, समाजसेवी प्रवीण अग्रवाल सहित अन्य व्याक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *