सिलगढी वाणिज्य महाविद्यालयका तृणमूल छात्र परिषदद्वारा सेनिटाइजर र मास्क वितरण

सिलगढी : हाल कोरोना भाइरसको आतङ्कको कारण सिलगढी वाणिज्य महाविद्यालयका तृणमूल छात्र परिषदले नागरिकको सुरक्षालाई ध्यानमा राखेर साधारण मानिसहरूलाई मास्क र सेनिटाइजर वितरण गर्यो। तृणमूल छात्र परिषदका सदस्यहरूले सिलगढीको सफदर हाश्मी चोकमा अटो ड्राइभर, टोटो ड्राइभर लगायत अन्य मानिसहरूलाई 5 सयवटा मास्क र सेनिटाइजर वितरण गर्यो। यसको साथै मानिसहरूलाई कोरोना भाइरसबारे जागरूक गर्ने उद्देश्य लिएर पर्चाहरू पनि वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *