सिलगढी बार एसोसिएशनमा रक्तदान शिविरको आयोजना

सिलगढी : सिलगढी तराई लायन्स ब्लड ब्याङ्क, सिलगढी बार एसोसिएशन, साथ वेलफेयर सोसाइटी एवम् लायन्स क्लब अफ् सिलगढी आनन्दोको पहलमा आज सिलगढी बार एसोसिएशन परिसरमा रक्तदान शिविरको आयोजना गरियो। लायन्स तराई ब्लड डोनेशन क्याम्पका चेयरम्यान कमल सिंह कुन्डालियाले बताएअनुसार यस वर्ष 14औँ रक्तदान शिविरको सिलगढी बार एसोसिएशन परिसरमा आयोजना गरिएको छ। उक्त रक्तदान शिविरमा लगभग 50 युनिटभन्दा अधिक रगत संग्रह गर्ने लक्ष्य राखेको छ। उक्त शिविरमा लायन्स क्लबका पूर्व गभर्नर अभिजीत सेन, अतुल झावर, सुशील बाजला लगायत सिलगढी बार एसोसिएशनका सदस्य एवम् संस्थाका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *