सिलगढी वरदाकान्त प्राथमिक विद्यालयमा मानसिक स्वास्थ्य कार्यशालाको आयोजना

सिलगढी : कोरोना महामारीले गर्दा लकडाउनको कारण विद्यार्थीहरूको मानसिक विकासमा बाधा पुगेकोले सिलगढी वरदाकान्त प्राथमिक विद्यालयमा आज विद्यार्थीहरूको मानसिक विकासलाई लक्ष्य गरेर मानसिक स्वास्थ्य कार्यशालाको आयोजना गरियो। उक्त कार्यशालामा मुख्य अतिथिको रूपमा विद्यालयका परिदर्शक प्राणतोष माइती उपस्थित थिए। दीप प्रज्ज्वलन गरेर उक्त कार्यशाला शुरू गरियो। उक्त स्कुलको चौछो श्रेणीका विद्यार्थीहरूले कार्यशालामा अंश ग्रहण गरे। उक्त कार्यशालामा यस वर्ष शिक्षा रत्न पुरस्कारले सम्मानित शिक्षक अमिताभ घोषले आफ्नो अवार्डबाट प्राप्त गरेको राशि विद्यालयको विकास परियोजनामा दान गरे। यस अवसरमा तिनले भने, विद्यार्थीहरूलाई उचित शिक्षा दिएकोले गर्दा नै मैले यो पुरस्कार प्राप्त गर्न सकेको हुँ। विद्यार्थीहरूको विकास परियोजनामा उक्त पुरस्कारको राशि खर्च भए आफू खुसी हुने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *