सिलगढीबाट 156 केजी गाँजासहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले गत राति अभियान चलाएर धेरै मात्रामा गाँजा सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक अर्जुन सूत्रधरको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले एएसआई खगेन बर्मन र ओसी समीर तामाङको नेतृत्वमा गत राति अभियान चलाएर जटियाखालीमा एउटा पिकअप भ्यान रोकेर छानबीन गर्दा काठको भुसमुनि लुकाएर राखेको 28 वटा प्याकेटमा रहेको 156 केजी गाँजा उद्धार गर्नको साथै एकजना व्यक्तिलाई पक्राउ गरेको छ।

जफत गरेको गाँजाको अनुमानित बजार मूल्य लगभग 21 लाख रुपियाँ रहेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त गाँजा कुचबिहारदेखि बारासततर्फ लगिरहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *