सिलगढीबाट 2 करोडको ब्राउन सुगरसहित एकजना पक्राउ

सिलगढी :  उत्तर प्रदेशको ट्रक ड्राइभर अशोक कुमार गौर (50)-लाई सिलगढी पुलिसको स्पेसल अपरेसन ग्रुपले 1 किलो 100 ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार सिलगढी पुलिसको स्पेसल अपरेसन ग्रुपले यहाँको झन्कार मोडमा अभियान चलाएर लगभग 2 करोड रुपियाँको अवैध नशालु पदार्थ ब्राउन सुगरसितै अशोक कुमार गौरलाई पक्राउ गरिएको हो। पुलिसले एनडीपीएस मामिला अन्तर्गत तिनीविरुद्ध मुद्दा दर्ता गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *