सिलगढीबाट 816.50 ग्राम सुनसहित एकजना तस्कर पक्राउ

सिलगढी: केन्द्रीय राजस्व विभाग गुप्तचार निर्देशालयको टीम डीआरआई-ले आज बिहान एनजेपी रेलवे स्टेशनमा अभियान चलाएर कञ्चनजंघा एक्सप्रेसबाट 816.50 ग्राम सुन सहित एकजना तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्ने तस्कर निखिल चौधरी अगरतल्ला निवासी रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार पक्रा परेका आरोपी निखिल चौधरीले उक्त सुन तस्करी गरेर कञ्चनजंघा एक्सप्रेस ट्रेनमार्फत कोलकाता लैजाने योजना बनाएका थिए। उक्त 816. 50 ग्राम सुनका 6 वटा बिस्कुटहरू आरोपीले विशेष प्रकारले बनाएको बेल्टभित्र लुकाएर कम्मरमा लगाएर लुकाएका थिए। तस्करी गर्न अगावै पक्रा परेको उक्त विदेशी सुनको अनुमानित बजार मूल्य 38 लाख 43 हजार 347 रूपियाँ रहेको बताइएको छ। डीआरआई पक्षका उकिल रतन बानिकले बताए अनुसार पक्रा परेका आरोपी निखिल चौधरीलाई आज सिलगढी अदालतमा पेश गरे तापनि तिनको जमानत अस्वीकार गरिदिएको छ।   


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *