सिलगढीबाट विभिन्न पर्यटन स्थलहरूको लागि एनबीएसटीसी-ले कम्ती भाडामा बस परिसेवा शुरू गर्ने

सिलगढी : बसमार्फत् यात्रा गर्ने यात्रुहरूको लागि खुसीको खबर छ। केही दिनको अवधिमा एनबीएसटीसीले सिलगढीदेखि पहाड़ तथा डुवर्सको विभिन्न पर्यटन स्थलहरूको लागि कम्ती भाडामा बस परिसेवा शुरू गर्ने भएको छ। एनबीएसटीसीका चेयरम्यान पार्थप्रतिम रायले आज सिलगढीमा एनबीएसटीसी डिपो तथा तेनजिङ नोर्गे बस स्ट्यान्डको निरीक्षण गरे। यस अवधि तिनले एनबीएसटीसीको बसहरूलाई कसरी लाभान्वित तुल्याउन सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा गरे। तिनले पर्यटन व्यवसायसित संलग्न रहेका मानिसहरूसित पनि यस सम्बन्धमा चर्चा परिचर्चा गर्ने बताए। विभिन्न रूटहरू भएर चल्ने बसहरू हाल बन्द रहेकोले चाँडै पुनः सुचारू गरिने साथै सिलगढीदेखि पहाड़ तथा डुवर्सको लागि पनि बस परिसेवा शुरू गरिने बताए। अर्कोतिर, गान्तोक तथा दार्जिलिङको रूट भए चल्ने बसहरूको संख्या बढ़ाइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *