सिलगढीबाट ब्राउन सुगरसहित 4 जना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा अभियान चलाएर उत्तरबंग विश्वविद्यालय अघिबाट मतिगढा थाना पुलिसले 5 सय ग्राम ब्राउन सुगर उद्धार गर्नको साथै 4 जना व्यक्तिलाई पनि पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा मतिगढा थाना पुलिसले उत्तरबंग विश्वविद्यालय अघि अभियान चलाएर एउटा पिकअप भ्यान रोकेर छानबीन गर्दा 5 सय ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। यसको साथै पुलिसले उक्त वाहनमा सवार 4 जना व्यक्तिहरू क्रमैले 35 वर्षीय सीतु शेख, 26 वर्षीय कालु मण्डल, 21 वर्षीय रिन्टु शेख र 55 वर्षीय मोहम्मद आमिरलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा सीतु र रिन्टु कालियाचक निवासी, कालु वैष्णव नगर र आमिर मतिगढा निवासी रहेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका व्यक्तिहरूबाट पुलिसले 5 सय ग्राम ब्राउन सुगर उद्धार गरेको छ जसको अनुमानिक बजार मूल्य लगभग 2 लाख रुपियाँ रहेको छ। उक्त ब्राउन सुगर मालदाबाट सिलगढी ल्याइएको हो। आरोपी 4 जनालाई आज अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *