सिलगढीबाट चोरी भएको ट्रक उत्तर प्रदेशबाट उद्धार, दुईजना पक्राउ

सिलगढी : सिलगढीबाट चोरी भएको मालवाहक ट्रक नाटकीय ढङ्गमा उत्तर प्रदेशबाट उद्धार गरेको छ भने यस मामिलामा दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू उत्तर प्रदेश निवासी शाहनवाज अहमद (23) र आरिफ (25) सामेल छन्। प्राप्त जानकारीअनुसार गत 8 अगस्तमा एउटा मालवाहक ट्रक फुलबारीदेखि रायगञ्ज, बुनियादपुर हुँदै बालुरघाटतर्फ प्रस्थान गर्यो। तर उक्त ट्रक समयमै आफ्नो गन्तव्यसम्म नपुगेपछि निजी संस्थाको प्रबन्धनले एनजेपी थानामा एउटा अभियोग दर्ता गर्यो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले उक्त ट्रक बेच्नको लागि उत्तर प्रदेश लगिरहेको थाहा पाएपछि पुलिसको एउटा टोली उत्तर प्रदेश पुगेर उत्तर प्रदेश पुलिसको सहयोगमा चोरी भएको ट्रक उद्धार गरेको बताइएको छ। यसको साथै पुलिसले शाहनवाज अहमद र आरिफलाई पक्राउ गरेर सिलगढी ल्याएर आज जलपाईगढी अदालतमा पेश  गरेपछि पुलिस हिरासतमा पठाएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका दुवै आरोपी युवकले धेरै समय अघिदेखि विभिन्न ठाउँहरूबाट ट्रक चोरी गरेर उत्तर प्रदेशमा बिक्री गर्ने गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *