सिलगढीबाट एकजना भू-माफिया पक्राउ

सिलगढी : आसिघर आउटपोस्ट पुलिसले सिलगढीको देशबन्धुपाडामा अभियान चलाएर एकजना भू-माफियालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा पर्ने व्यक्ति आसिघर संलग्न चयनपाडा निवासी 42 वर्षीय कुमारेस सरकारको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार कुमारेसले धेरै दिन अघिदेखि नकली कागजपत्र बनाएर जमिनको किन-बेच गर्ने गरेको साथै तिनीविरुद्ध जमिन दखल गरेको अभियोग रहेको छ। कुमारेसविरुद्ध आसिघर आउटपोस्ट एकाधिक मामिला दर्ता रहेको छ। गोप्य सूचनाको आधारमा पुलिसले गत राति अभियान चलाएर देशबन्धुपाडाबाट कुमारेसलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *