सिलगढीबाट हराएकी 14 वर्षीय नाबालिग बिहारको समस्तीपुरबाट उद्धार, आरोपी युवक पक्राउ

सिलगढी : सिलगढी मेट्रोपलिटनको प्रधान नगर थाना पुलिसको एउटा टीमले सिलगढीबाट हराएकी एकजना नाबालिगलाई बिहारको समस्तीपुरबाट उद्धार गरेको छ। यसको साथै उक्त मामिलामा आरोपी गोविन्द यादवलाई पनि पक्राउ गरेको छ। घटनाक्रम अनुसार, गत 21 जुलाईको दिन आरोपी गोविन्द यादवले रेगुलेटेड मार्केटमा काम गर्ने एउटी 14 वर्षीय नाबालिगलाई फकाइ-फुस्ल्याइ गरेर भगाएर बिहार लिएर गएका थिए। छोरी घरमा बेलुकीसम्म नआएपछि तिनका परिवारपक्षले प्रधान नगर थानामा यसबारे मौखिक जानकारी गराए। यसपछि परिवारका सदस्यहरूले खोजबिन गर्दा पनि फेला नपरेपछि अन्तमा 6 दिनपछि अर्थात 27 जुलाईमा एकजना युवक विरूद्ध अपहरण गरेकोबारे लिखित रूपमा अभियोग दर्ता गरेका थिए। उक्त अभियोगको आधारमा पुलिसले छानबिन सुरू गरेर आरोपी युवक गोविन्द यादवको फोन नम्बर खोजी निकालेर त्यस नम्बर ट्राकिंग गरेपछि तिनी बिहारमा लुकेर बसेको जानकारी पाए। यसपछि प्रधान नगर थानाको आईसी शुभाशीष चाकीको नेतृत्वमा दुईजना महिला पुलिससहित 5 जनाको टोली बिहार गएर त्यहाँको समस्तीपुर थानाको सहयोगमा सिलगढीबाट निखोज 14 वर्षीय नाबालिगलाई उद्धार गरेको बताइको छ। यसको साथै आरोपी गोविन्द यादवलाई पनि पक्राउ गरेपछि दुवैलाई आज बिहान सिलगढी ल्याइ पुऱ्याएको छ। नाबालिगलाई पुलिसले सीडब्ल्यूसीलाई सुम्पिदिनको साथै तिनको मेडिकल जाँच पनि गरेको पुलिस सूत्रले जनाएको छ। पुलिसले पक्रा परेका आरोपी विरूद्ध अपहरण गरेको मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले घटनाको गहन छानबिन शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *