सिलगढीबाट केएलओ सदस्यको सन्देहमा युवक पक्राउ

सिलगढी : केएलओ सदस्यको सन्देहमा सिलगढीबाट धन कुमार बर्मन उर्फ स्वपन नाम गरेको एकजना युवकलाई एसटीएफ-ले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा एसटीएफ-ले इन्डो नेपाल सिमाना संलग्न इलाकाबाट एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका युवक कुचबिहार निवासी हुन् भने तुफानगञ्ज कलेजमा अध्ययनरत अवधि तिनले 2020-मा कलेज छोडेर केएलओसित सम्पर्क शुरू गरेको बताइएको छ। एसटीएफ सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका युवकको केएलओ चीफ जीवन सिंहसित सम्पर्क रहेको साथै फोनमार्फत् तिनीसित युवकले सम्पर्क गर्ने गर्दथ्यो। पुलिसले उक्त युवकबाट केही प्रमाण पनि फेला पारेको छ। एसटीएफ-का डीएसपी सुदीप भट्टाचार्यले बताएअनुसार पक्रा परेका युवक कुचबिहार निवासी हुन् भने तिनको केएलओसित सम्पर्क रहेको छ। उक्त युवकले नागाल्याण्ड गएर केएलओको ट्रेनिङ गरेपछि केही दिन अघि मात्र त्यहाँबाट आएर उत्तर बङ्गालमा बस्दै आइरहेका थिए। यसपछि तिनको नेपाल जाने उद्देश्य रहेको थियो भने यसभन्दा अगावै गोप्य सूचनाको आधारमा एसटीएफ-ले उक्त युवक पक्राउ गरेको हो। उक्त युवकलाई पुलिस हिरासतमा लिएर सोधखोज गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *