सिलगढीबाट निखोज भएकी नाबालिका दिल्लीबाट सकुशल उद्धार

सिलगढी (निसं): सिलगढीबाट निखोज भएकी नाबालिकालाई दिल्लीबाट सकुशल उद्धार गरिएको छ। गत 8 दिनदेखि निखोज रहेकी नाबालिकालाई सिलगढी थाना पुलिसले देशको राजधानी दिल्लीबाट सकुशल उद्धार गरेपछि सिलगढी ल्याइपुर्‍याइएको छ। स्मरण रहोस्, गत 2 जनवरीको दिन उक्त नाबालिका स्कुल जानको लागि घरबाट निस्केपछि फर्कि आएनन्। यसपछि तिनको बाबुले गत 3 जनवरीमा नाबालिका छोरी निखोज भएकोबारे सिलगढी थानामा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले उक्त  नाबालिकालाई एनजेपी रेलवे स्टेशनमा देखापरेको थाहा पाए। यसपछि पुलिसले नाबालिकाको फोन ट्र्याक गर्दा लोकेशन दिल्ली देखाएपछि सिलगढी थाना पुलिसको एउटा टोली नाबालिकालाई उद्धार गर्न दिल्ली प्रस्थान गर्यो। उक्त टोलीले दिल्लीको सुल्तानपुरबाट नाबालिकालाई उद्धार गरेपछि कानुनी प्रक्रिया पुरा गरेर सिलगढी ल्याइपुर्‍याएको छ। सिलगढी थाना पुलिसले आज नाबालिकालाई सीडब्ल्युसीको नेतृत्वमा सिलीगुड़ी अदालतमा पेश गर्यो। पुलिस सूत्रले दिएको जानकारी अनुसार नाबालिका पारिवारिक विवाददेखि दिक्क भएर रिसले घर छोडेर सोशल मीडियामार्फत् बनेको साथीको घर दिल्ली गएको थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *