सिलगढीबाट वान शटर पिस्तोलसहित युवक पक्राउ

सिलगढी: प्रधान नगर पुलिसले गोप्य सूचनाको आधारमा सिलगढी नगर निगमको 1 नम्बर वार्ड अन्तर्गत धर्मनगर इलाकामा अभियान चलाएर पिस्तोलसहित गोपाल कर्मकार (27) लाई पक्राउ गरेको छ। पक्रा परेका आरोपी 47 नम्बर वार्डको पत्ती कलोनी निवासी रहेको बताइएको छ। पुलिस सूत्र अनुसार आरोपी गोपाल कर्मकारबाट वान शटर पिस्तोल उद्धार गरेको छ। प्रधान नगर थाना पुलिसले घटनाको विस्तृत जाँच गरिरहेको छ भने आरोपीलाई आज अदालतमा पेश गरेर हिरासतमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *