सिलगढीबाट उद्धार बिहार नम्बरको वाहन, चालक पक्राउ

सिलगढी : एनजेपी थानाका पुलिसले सादा पोशाकमा अभियान चलाएर बिहार नम्बर भएको एउटा स्कर्पियो उद्धार गरेको छ। यसको साथै पुलिसले वाहन चालकलाई पनि पक्राउ गरेको छ। पक्रा परेका वाहन चालक मोहम्मद मिराज आलमको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत राति सिलगढीको तीनबत्ती मोड इलाकामा नाका चेकिङ अभियान अवधि एउटा बिहार नम्बर भएको वाहनलाई सन्देह लागेर रोकेर चालकसित सोधखोज गरे। वाहन चालक मिराजले उक्त वाहन चोरी गरेपछि अन्य ठाउँमा लगिरहेको पुलिसलाई सन्देह लागेपछि पुलिसले चालक मिराजलाई पक्राउ गर्नको साथै वाहन आफ्नो नियन्त्रणमा लिएर थानामा लगे। आज वाहन चालक मिराजलाई जलपाईगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *