सिलगढी बजार परिचालनको निम्ति नयाँ कमिटी गठन

सिलगढी : सिलगढीको रेगुलेटेड मार्केटका एकजना माछा व्यापारीको कोरोना संक्रमणको कारण मृत्यु भएपछि उक्त मार्केट आजदेखि 7 दिनसम्म बन्द रहने निर्देश जारी गरेको छ। अर्कोतिर, सिलगढीको विभिन्न बजारमा नजरदारी गर्नको लागि एउटा नयाँ कमिटी गठन गरियो। उक्त कमिटीका चेयरम्यानको पदमा सिलगढी नगरनिगमका कमिश्नर सोनाम वाङ्दी भुटियालाई चयन गरिएको छ। आज बिहान सिलगढी स्टेट गेस्ट हाउसमा बसेको टास्क फोर्सको बैठकमा जिल्लाशासकले बताएअनुसार हालसम्म जुन नियमअनुसार बजार चलिरहेको थियो तर अब नयाँ गाइड लाइन जारी गरिने साथै यही अनुसार व्यापारीहरूले व्यवसाय गर्नुपर्ने छ। यसको साथै विभिन्न ग्राम पञ्चायतको ब्लकमा एउटा टोली बनाइने अनि उक्त टोलीले कन्टेन्टमेन्ट जोनहरूमा हेरचाह गर्नको साथै त्यहाँका मानिसहरूलाई आवश्यक सामग्रीहरू पुर्‍याइदिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *