सिलगढी भानुनगरमा ग्यास सिलेन्डरबाट आगो लाग्दा घर जलेर खरानी

सिलगढी : सिलगढीको 43 नम्बर वार्डको भानुनगर इलाकाको एउटा घरमा  गत राति ग्यास सिलेन्डरबाट आगलागी हुँदा घर जलेर खरानी भएको छ। तथापि, उक्त आगलागीमा कसैको ज्यानलाई भने कुनै प्रकारको क्षति नपुगेको बताइएको छ। आगलागीको खबर पाएर दमकलको इञ्जिन घटनास्थलतर्फ प्रस्थान गरे तापनि बाटो सानो भएकोले दमकलको इञ्जिन घटनास्थलसम्म पुग्न सकेन। यसपछि स्थानीय मानिसहरूको सहयोगमा आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याए तापनि आगलागीमा सम्पूर्ण घर जलेर खरानी भएको छ। पीडित परिवारका सदस्यहरूले बताएअनुसार ग्यास जलाउन साथ सिलेन्डरमा आगो लाग्दा घर सहित सर-समानहरू जलेर खरानी भएको हो भने आगलागीको घटनामा धेरै रुपियाँको क्षयक्षति भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *