सिलगढी विधान मार्केट व्यवसायी समितिको चुनाउ जारी

सिलगढी : सिलगढी विधान मार्केट व्यवसायी समितिको चुनाउ आज सम्पन्न भइरहेको छ। विधान मार्केट व्यवसायी समितिको भोट प्रक्रिया आज बिहान 8 बजीदेखि शुरू भएपछि साँझ 6 बजीसम्म चल्नेछ। चुनाउलाई केन्द्र गरेर व्यवसायीहरूमा उत्साह माहौल देखापर्यो। प्राप्त जानकारी अनुसार प्रत्येक 3 वर्षको अन्तरालमा विधान मार्केट व्यवसायी समितिको चुनाउ सम्पन्न हुने गरे तापनि कोरोना परिस्थितिले गर्दा यसपल्ट 4 वर्षपछि चुनाउ सम्पन्न भइरहेको छ।


विधान मार्केट व्यवसायी समितिको भोटको मोठ संख्या 1 हजार 6 सय 72 रहेको छ भने तीमध्ये महिला भोटर संख्या 350 जना रहेको छ। चुनाउ प्रक्रिया चाँडै सम्पन्न गराउने उद्देश्य लिएर 12 वटा बुथ बनाइएको छ भने चुनाउमा 43 जना प्रार्थीहरू खडा भएका छन् चुनाउमा पहिला 21 जना उम्मेद्वारलाई विजेता मानिनेछ। यस विषयमा निर्वाचन कमिशनको तर्फबाट परिमल मित्रले भने, शान्तिपूर्ण रूपमा चुनाउ प्रक्रिया सम्पन्न भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *