सिलगढी विधान मार्केट व्यवसायी समितिद्वारा कोरोना टीकाकरण शिविरको आयोजना

सिलगढी : सिलगढी नगरनिगमको सहयोगितामा सिलगढी विधान मार्केट व्यवसायी समितिको तर्फबाट आज कोरोना टीकाकरण शिविरको आयोजना गरियो। विधान मार्केट व्यवसायी समिति कार्यालयमा आयोजना गरिएको उक्त शिविरमा आज 200 जना व्यवसायीहरूलाई कोरोनाको प्रथम खोप लगाइयो। विधान मार्केट व्यवसायी समितिका सचिव बापी साहाले बताएअनुसार एक दिन बिराएर उक्त टीकाकरण शिविरको आयोजना गरिनेछ। आजको शिविरमा विधान मार्केट व्यवसायी समितिका सचिव बापी साह, संयुक्त सचिव राजु दे, राजु साहा लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *