सिलगढी विधान मार्केटको फल-सब्जी बजारको स्थान परिवर्तन गरिने 

सिलगढी : सिलगढी विधान मार्केटको फल तथा सब्जी बजार भोलिदेखि सिलगढीको कञ्चनजङ्घा स्टेडियमको मेला परिसरमा लगाइने भएको छ। गत दुई दिनअघि सिलगढी नगरनिगमका कमिश्नर सोनम वाङ्ग्दी भुटिया तथा महकुमाशासक सुमन्त सहायले सिलगढीको स्टेट गेस्ट हाउसमा एउटा बैठक गरेर विधान मार्केटमा भीड़ कम्ती गर्ने उद्देश्यले यहाँको फल तथा सब्जी बजार कञ्चनजङ्घा स्टेडियममा लगाइने निर्णय लिएको थियो। यसैलाई केन्द्र गरेर स्टेडियममा बाँसको दोकान बनाउने काम शुरू भएको साथै भोलिदेखि यहाँ विधान मार्केटको फल तथा सब्जी बजार लगाइने भएको छ। प्रशासनद्वारा उक्त बजारमा सामाजिक दूरीको पनि विशेष ध्यान राख्ने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *