सिलगढी विधान मार्केटको एउटा दोकानमा आगलागी

सिलगढी : सिलगढी विधान मार्केटको मुर्गी हट्टीमा रहेको एउटा दोकानमा आगलागी भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय व्यवसायीहरूले एउटा चामलको दोकानबाट कालो धुवाँ निस्केको देखेपछि आगोलाई नियन्त्रणमा ल्याउने प्रयास गर्यो। यसपछि दमकल विभागलाई खबर दिएपछि दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। सटीक समयमा आगोलाई निभाउन सफल भएकोले आगलागीमा सामान्य क्षति भएको बताइएको छ। घटनाको खबर पाएर पानीट्याङ्की आउटपोस्ट पुलिस र विद्युत विभागका कर्मचारीहरू घटनास्थलमा पुगेका थिए। दोकानका मालिक विप्लव साहाले बताएअनुसार उक्त आगलागीमा सामान्य क्षयक्षति भएको छ। अर्का एकजना व्यवसायी गोपाल गुहले बताएअनुसार केही दिन अघि मात्र दमकल विभागको तर्फबाट आगलागी भएको खण्डमा कसरी नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएको थियो। त्यहीँ प्रशिक्षणलाई काममा लगाएर आज आगोलाई नियन्त्रणमा ल्याएर कुनै ठुलो हुनबाट जोगियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *