सिलगढी विधान मार्केटलाई स्वच्छ तथा सुन्दर बनाउन व्यवसायीहरूलाई डस्बिन वितरण

सिलगढी : सिलगढी विधान मार्केटलाई स्वच्छ तथा सुन्दर बनाउने उद्देश्य लिएर सिलगढी नगरनिगमले पहल गरेको छ। विधान मार्केट व्यवसायी समिति कार्यालयमा मेयर गौतम देवले आज व्यवसायीहरूसित एउटा बैठक गरे। बैठकमा विधान मार्केटलाई कसरी सफा-सुग्घर राख्न सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा गरियो। यसको साथै नगरनिगमको तर्फबाट बजारको सबै दोकानेहरूलाई डस्बिन पनि वितरण गरियो। यस अवसरमा डेपुटी मेयर रञ्जन सरकार, नगरनिगमको गारबेज रिमोभल डिपार्टमेन्टका मेयर परिषद् मानिक दे, विधान मार्केट व्यवसायी समितिका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *