सिलगढी विधानसभा युवा कांग्रेस कमिटीद्वारा विरोध प्रदर्शन

सिलगढी : देशमा बेरोजगार लगातार बढ़िरहेकोले यसको प्रतिवाद जनाउँदै आज सिलगढी विधानसभा युवा कांग्रेस कमिटी सड़कमा ओर्लिएको छ। युवा कांग्रेस कमिटीको तर्फबाट आज दिउँसो 12 बजी 12 मिनटको लागि सिलगढीको हाशमी चोकमा विरोध प्रदर्शन गरियो। उक्त प्रदर्शन अवधि युवा कांग्रेसका कार्यकर्ताहरूले थाल बजाएर मोदी सरकारविरुद्ध प्रतिवाद जनाए। यसको साथै युवा कांग्रेसका कार्यकर्ताहरूले मोदी सरकारको विभिन्न कार्यहरूको विफलताबारे प्ला कार्डको माध्यमद्वारा उजागर गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *