सिलगढी विधानसभाका प्रार्थीहरू अशोक भट्टाचार्य र शङ्कर मालाकारले बुझाए नामाङ्कन पत्र

सिलगढी : वाम-कङ्ग्रेस गठबन्धनको सिलगढी विधानसभा आसनका प्रार्थी अशोक भट्टाचार्यले आज बाजागाजाको साथमा एउटा शोभायात्राको माध्यमद्वारा आफ्नो नामाङ्कन पत्र बुझाए। सिलगढीको पार्टी कार्यालय अनिल विश्वास भवन अघिबाट बाजागाजाको साथमा निकालिइएको उक्त शोभायात्रा पार्टीका कार्यकर्ता तथा समर्थकहरू सामेल थिए।


अर्कोतिर, संयुक्त मोर्चाको मतिगढा-नक्सलबारी कङ्ग्रेस प्रार्थी शङ्कर मालाकारले पनि आज आफ्नो नामाङ्कन पत्र बुझाए। सिलगढीको हाशमी चोकस्थित जिल्ला कार्यालय अघिबाट एउटा शोभायात्राको माध्यमद्वारा एसडीओ कार्यालयमा पुगेर तिनले आफ्नो नामाङ्कन पत्र बुझाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *